नियम ४७
हवाई उडान योग्यताको प्रमाणपत्रको मान्यता

(१) अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको सदस्य राष्ट्रको सदस्य राष्ट्र वा त्यस्तो राष्ट्रबाट अख्तियार प्राप्त व्यक्ति वा संगठनबाट हवाई उडान योग्यताको प्रमाणपत्र प्राप्त वायुयान नेपाल अधिराज्यमा उडाउन चाहेमा एनेक्स तथा म्यानुलमा उल्लेख भएको ढाँचामा आवश्यक विवरणहरु खुलाई अनुसूची–१ मा उल्लेख भए बमोजिमको शुल्क संलग्न गरी महानिर्देशक समक्ष दरखास्त दिने पर्नेछ ।
(२) उपनियम (१) बमोजिम दरखास्त परेमा महानिर्देशकले आवश्यक जाँचबुझ गरी एनेक्स तथा म्यानुअलमा उल्लेख भएको ढाँचामा त्यस्तो प्रमाणपत्रलाई कुनै शर्त तोकी वा नतोकी मान्यता दिन सक्नेछ ।
(३) उपनियम (२) बमोजिम दिइएको मान्यता सम्बन्धित हवाई उडान योग्यताको प्रमाणपत्रको अभिन्न अंग मानिनेछ ।
(४) उपनियम (२) बमोजिम मान्यता दिने सबन्धी अन्य कार्यविधि एनेक्स तथा म्यानुअलमा उल्लेख भए बमोजिम हुनेछ ।